गण्डकी प्रदेशको मौसम पूर्वानुमान: सोमबारबाट बुधबारसम्म भारी वर्षा

  • ख-
  • ख+

दमौलीः मौसम पूर्वानुमान महाशाखाले सोमबार रातीबाट गण्डकी प्रदेशसहित देशका केही भागमा भारी वर्षाको अनुमान गरेको छ ।

महाशाखाले निकालेको बुलेटिनमा सोमबार रातीबाट गण्डकी प्रदेशका केही स्थानमा भाुरी वर्षाको सम्भावना औंल्याइएको छ ।

यो क्रम मंगलबार दिउँसो पनि चल्ने महाशाखाले जनाएको छ । मंगलबार गण्डकीसहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा छ ।


बुधबार भने देशभर सामान्य देखि पूर्ण बदली रहने बुलेटिनमा छ । बुधबार गण्डकीसहित प्रदेश १, प्रदेश २ र बागमतीका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा छ ।


बुधबारबाट नै देशमा मनसुन थप सक्रिय हुने पनि महाशाखाले पूर्वानुमान गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी