गण्डकी सरकारःकेहीको विभाग तोकियो, केही अझै विना विभागिय

  • ख-
  • ख+

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले केही मन्त्रिको कार्यविभाजन गरेका छन् । मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला उनले यस अघि नै मन्त्री भैसकेका सदस्यलाई विभाग तोकेका हुन् ।


प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयद्वारा जारी सूचनामा कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई सामाजिक विकास र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको उल्लेख छ ।


यसपालीको कार्यविभाजनमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यले भने विना विभागीय छन् ।


केही दिनमा मन्त्री थप्ने योजनामा रहेका मुख्यमन्त्रीले मन्त्रालयका विषयमा रस्साकस्सीका कारण सबै मन्त्रीलाई विभाग तोक्न सकेका छैनन् ।

जनता समाजवादी पार्टीले आफूसँगको सहमतिअनुसार विभाग नपाएको गुनासो गरे पछि मुख्यमन्त्री पोखरेलले त्यसलाई समेत व्यवस्थापन गर्ने तयारी गर्दैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी