गुणादीमा कोभिड भएकालाई घरमै राहत

  • ख-
  • ख+

विकास खनाल
गुणादी :
म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा कोभिड संक्रमण पुष्टि भएकालाई परीक्षण र राहत वितरण गरिएको छ । म्याग्दे गाउँपालिकाले संंक्रमण पुष्टी भएका , विपन्न परिवारलाई १५ दिन खान पुग्ने गरि २६ केजी चामल, २ केजी दाल, ५ केजी आलु र २ लिटर खाने तेल सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका दिनेश पण्डितले बताए ।

संक्रमण पुष्टि भएका परिवारमा संक्रमितलाई कसरी व्यवस्थापन गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने तरिका, स्वास्थ्यमा समस्या आएमा कहाँ सम्पर्क गर्ने आदी विषयमा स्वास्थ्य सचेतना दिने कार्य गर्ने गरिएको स्वास्थ्य साखा प्रमुख तिलक घिमिरेले बताए ।

संक्रमित र उनको परिवार भित्र कोहिपनि हतोत्साहि नहुन् भनेर यस किसिमको परामर्श दिने गरिएको घिमिरेले बताए । ‘गाउँपालिकाभरका संक्रमितहरुलाई भेटेरै परामर्श दिने लक्ष्यका साथ अभियान चलाएका छौं,’ स्वास्थ्य शाखा प्रमुख घिमिरेले भने ।

पछिल्लो समयमा गुणादीस्थित दिर्वु गाउँमा १३ घर परिवारका १७ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । एउटै गाउँमा ठुलो संख्यामा संक्रमित भए पछि त्रासमा रहेको सिंगो गाउँलाई परामर्श सँगै सान्त्वना दिन र विपन्न परिवारलाई राहत दिन गाउँपालिकाको टोली आएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

राहत वितरण कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवशरण वाग्ले , वडा सदस्य विनोद खनाल, टोल विकासका अध्यक्ष रामवहादुर विकसहित पदाधिकारीको उपस्थिति रहेको थियो । यस अघि पनि गाउँपालिकाले छाङ पाटनमा राहत वितरण गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी