कस्तो रह्यो एसपी पौडेलको कार्यकाल ?

  • ख-
  • ख+

दमौली: तनहुँ प्रहरीको कमाण्ड सम्हाल्दै आएका तनहुँ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अरूण पौडेल तनहुँबाट सरूवा भएका छन् । उनलाई तनहुँबाट प्रदेश प्रहरी कार्यलय पोखरा खटाइएको छ । रोचक चाहिँ के छ भने यस अगाडिका एसपी विनोद सिलवाल पनि तनहुँ बाट प्रदेश कार्यालय पोखरा नैं सरूवा भएका थिए ।

कार्यकाल सकेर जानूपूर्व एसपी पौडेलले पत्रकारसँग अन्र्तक्रिया गर्दै आफ्नो कार्यकालका उपलब्धि सार्वजनिक गरे । उनका अनुसार आ व ०७७ ÷ ०७८ मा ३ सय ६० मुद्दा दर्ता भएको छ । दर्ता मध्ये कर्तव्य ज्यान ११ , जर्बजस्ती करणी १७ , लागूऔषध. ३४ , सवारी ज्यान ३१ , आत्महत्या दुरूत्साहन ४ र हातहतियार सम्बन्धि २ छन् ।


आपराधिक अनुसन्धानमा अब्बल मानिए पनि पौडेलको कार्यकालमा केही घटना भने विवादित बने । सत्तानिकट राजनैतिक पक्षधरताका घटनामा मौन रहनु तथा प्रहरी नियन्त्रणमा रहेका भनिएका व्यक्तिको ज्यान गएको विषयले उनको कार्यकाललाई केही असहज बनायो ।

फरार अभियुक्त पक्राउ र मुद्दा दायर
फरार अभियुक्त पक्राउ मध्ये २ सय ४६ मुद्दा दर्तामा ३ सय ८१ जना पक्राउ परेका छन् र उनीहरू बाट ६६ लाख ३८ हजार ५ सय ६१ रूपैयाँ राजश्व संकलन भएको छ । लागुऔषध तर्फ ३४ वटा मुद्दा दर्ता , अबैध काठमा १२ जना पक्राउ , नदिजन्य पदार्थ उत्खननमा २ सय ६६ सवारी नियन्त्रणमा परेको र त्यसवाट २२ लाख १० हजार ५ सय संकलन भएको पौडेलले जानकारी दिए ।

यस्तै जुवातास तर्फ ११ वटा मुद्दा दर्ता भएको , १ सय २० जना पक्राउ परेको र त्यसवाट १४ लाख ३७ हजार २ सय २५ रूपैया संकलन भएको र ३५ रोपनी क्षेत्रफलमा अबैध रूपमा लगाईएको गाँजा नस्ट गरिएको प्रहरी विवरणमा छ ।

आपराधिक अनुसन्धानमा बलियो, गिटी बालुवा नियन्त्रणमा कमजोर
पौडेलले आफ्नो कार्यकाललाई आपराधिक अनुसन्धानमा बलियो जिकिर गरेका छन् । आँवुखैरेनिमा सुस्त मनस्थितिका बालक मारी गाडेको शव उत्खनन गरि अभियुक्त पक्रियएको, शुक्लागण्डकी ७ कि तेजकुमारी ढकालको खुकुरी रोपि भएको विभत्स हत्यामा सोही दिन फरार अभियुक्त पक्राउ गर्न सफल भएको लगायत विवरण उनले सुनाएका थिए ।


अदालतको आदेशमा सजाय सुनाइएका तथा मुद्दा दर्ता गर्न बाँकी समेत दर्ता भएको पौडेलले बताए । तपाईंको मास्क खै अभियान, ट्राफिक व्यवस्थापन र भौतिक पुर्वाधार व्यवस्थापनमा लगायतलाई उनले आफ्नो कार्यकालको उपलब्धिका रुपमा लिए ।

अब पौडेलका ठाउँमा सरुवा भएका एसपी दिनेस मैनाली बागमती प्रदेश प्रहरी कार्यालयबाट केही दिनमा आउनेछन् । एसपी पौडेलले तनहुँका सम्पूर्ण जनता, नागरिक समाज, राजनितिक दल, सञ्चारकर्मि तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिए ।

आपराधिक अनुसन्धानमा अब्बल मानिए पनि पौडेलको कार्यकालमा केही घटना भने विवादित बने । सत्तानिकट राजनैतिक पक्षधरताका घटनामा मौन रहनु तथा प्रहरी नियन्त्रणमा रहेका भनिएका व्यक्तिको ज्यान गएको विषयले उनको कार्यकाललाई केही असहज बनायो ।

अवैध गिटी बालुवा निकासीको आरोपमा धेरै सवारी पक्राउ परे पनि त्यस्ता घटनामा गिरावट आउन नसकेको प्रदेशकै एक मन्त्रीले सार्वजनिक सञ्चारमाध्यममा बताएका थिए ।
तर अदालतले फैसला गरेका मुद्दाको कार्यान्वयन र फरार अभियुक्त पक्राउमा भने उनको नेतृत्वले विशेष तदारुकता देखाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी