
दमौलीः कम हुँदै न्यून बिन्दुतिर झरेको तनहुँको कोरोना संक्रमण फेरि उकालो लाग्न थालेको छ । हालसम्मकै न्यून बिन्दु चार जनाबाट शुक्रबार पाँच जनामा देखिएको कोरोना संक्रमण शनिबार फेरि बढेको हो ।
निर्देशनालयका अनुसार जाँच भएका दुई सय २० नमूनामध्ये उल्लिखित परिमाणमा संक्रमण पुष्टि भएको हो । केही दिन पहिले जाँच हुने नमूना कम हुँदा संक्रमण निकै घटेको देखिए पनि नमूना बढ्दा फेरि संक्रमण दर उक्लने गरेको छ ।
गण्डकी प्रदेशमा उच्च संक्रमण देखिनेमा शनिबारसम्मको आँकडामा तनहुँ तेश्रो छ । ९९ जनाको ज्यान गएको तनहुँमा सक्रिय केस अहिले चार सय ७६ पुगेको छ ।
गण्डकीमा कास्कीमा सबैभन्दा बढी सक्रिय संक्रमित छ सय ३५ छन् भने नवलपरासी पूर्वमा चार सय ९५ जनामा सक्रिय संक्रमण छ । यस आधारमा पनि तनहुँ प्रदेशमा तेश्रो उच्च जोखिमपूर्ण जिल्लामा परेको छ ।