पुरानो ऋषिङमा पहिरोले घर पुरियो, सडक अवरोध हटाईंदै

  • ख-
  • ख+

ऋषिङः अविरल वर्षाका कारण ऋषिङ गाउँपालिकाका ठाउँ ठाउँमा सडकमा पहिरो खसेको छ । पहिरोकै कारण पुरानो ऋषिङ एक घर पुरिएको छ । पहिरोका कारण श्रृंग पथसँगै दुबुङ्ग सडकखण्डमा दर्जनौं स्थानहरुमा सडक अवरुद्ध भएको छ । तर हालसम्म कुनै मानविय क्षति भएको समाचार प्राप्त भएको छैन ।

ऋषिङ्ग –६ पुरानो ऋषिङ्गमा पहिरोमा पर्दा स्थानीय विष्णुबहादुर झेडिको घर पुरिएको
छ । लत्ता कपडा सहित खाद्यान्न पुरिएता पनि मानविय क्षति भने नभएको बताइएको छ ।

सडकमा पहिरो, ढाक्रेखेलामा क्षति
ऋषिङ–७ को साङखोल्सीमा पहिरो खसेको छ । तर सो पहिरो सफा गरिएको छ । ऋषिङ्ग–७ सतिकोटमा पहिरोका कारण सडक अवरुद्ध भए पनि दिनभरको प्रयासपछि हटाइएको गाउँपालिकाका योजना शाखा प्रमुख दानबहादुर श्रेष्ठले जानकारी दिए ।


त्यस ठाउँमा पहिरोका कारण एक घर जोखिममा रहेको बताइएको छ ।
ऋषिङ्ग–६ गोठादीमा पनि पहिरो खसेको छ । ऋङ्ग पथमा झरेको पहिरोपछि सडकको अवरोध हटाइंदै गरेको श्रेष्ठले जानकारी दिए ।

ऋषिङ्ग –४ र ६ जोड्ने ढाक्रेखोला पुलमा पहिरोले सामान्य क्षती पु¥याएको छ । पुलमा रहेको पहिरो हटाउने क्रम जारी रहेको वडाध्यक्ष भोजबहादुर रानाभाटले जानकारी दिए बताए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी