तनहुँ कोरोना अपडेटः पाँच संक्रमित, मृत्यु शून्य

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या फेरि ओरालो देखिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार दुई महिला र तीन पुरुष गरी तनहुँमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो ४० जनाको पीसीआर तथा एन्टिजेन परीक्षणको नतिजा हो ।


केही दिन अघि संक्रमितको संख्या चारमा झरेको थियो । तर त्यो क्रममा फेरि उकालो लागेको थियो । तर बिहिबार भने ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।


निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा तनहुँमा मृत्युको संख्या शून्य देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी