जब १० गुणा बढी उमेरका काकाले आफ्नै भतिजी बलात्कार गरे

  • ख-
  • ख+

दमौलीः व्यास ९ मा एक आश्चर्यजनक बलात्कारको घटना सार्वजनिक भएको छ । छ वर्षिया बालिकालाई बलात्कारको आरोपमा ५६ वर्षका काका पक्राउ परे पछि घटना सार्वजनिक भएको हो ।

गत असार ६ गते दिउँसो भएको घटनामा ती पुरुषले आफ्नै भाईकी छोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । आमा खेतमा गएका बेला ती पुरुषले भतिजीमाथि बलात्कार गरेका थिए ।


उनका पिता भने काठमाडौंमा कार्यरत छन् । घरमा कोही नभएको मौकामा खेत जोतेर फर्केका ती पुरुषले बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । घटना भएकै दिन साँझ प्रहरीले उनलाई पक्रेको थियो ।


बालिकाको भने केही दिन अघि दमौलीमा उपचार गरिएको छ । व्यास ९ का वडाध्यक्ष सुरेश थापाले घटना सुनेपछि निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई सघाएको बताए । ‘यस्तो घटनामा कोही कसैको पनि दबाब रहँदैन,’ उनले भने,‘अनुसन्धानमा प्रहरीलाई सघाएका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी