ऋषिङको घोषणाः गाउँ फर्कनेलाई घर र जग्गा

  • ख-
  • ख+

ऋषिङः ऋषिङ पालिकाले गाउँ फर्कन चाहनेका लागि जग्गा उपलब्ध गराउने भएको छ । यसका अलावा गाउँपालिकाले उनीहरुलाई घर बनाउन एक लाख रुपैयाँ अनुदान दिने समेत घोषणा गरेको छ । गाउँपालिकाको १० औं गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गिनुमाया थापाले यस्तो कार्यक्रम घोषणा गरिन् ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शुरुवातदेखि नै गाउँमा फकौं फकौं लाग्ने बनाउने घोषणा गरेका थिए । ‘हाम्रो उद्देश्य गाउँ फर्कौं फर्कौं बनाउँ भन्ने थियो,’ उनले भने,‘धेरै काम भैसकेका छन् । अब साँच्चिकै गाउँ आउन चाहनेका लागि प्रोत्साहनस्वरुप यस्तो व्यवस्था बजेटमार्फत नै गर्न लागेका हौं ।’

‘चार वर्षको अवधिमा गाउँलाई बस्न योग्य बनाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने,‘अब गाउँ छाडेकालाई फर्काउने बेला भएको छ ।’


गाउँपालिकाले यसका लागि ऋषिङ थातथलो भएको प्रमाण भए पुग्ने बताएको छ । पर्याप्त पूर्वाधार अभावमा जिल्लाकै कछार क्षेत्र मानिने हालको ऋषिङ गाउँपालिका क्षेत्रबाट बसाई सरेर जानेको संख्या धेरै थियो ।

तर साविक काहुँ शिवपुर, राम्जाकोट, रिसिङ रानीपोखरी तथा भिरकोट गाविस मिलेर बनेको गाउँपालिका स्थानीय सरकारका रुपमा आए पछि भौतिक पूर्वाधार विकास र सडक कालोपत्रे आदिमा जोड दिइएको छ । ‘चार वर्षको अवधिमा गाउँलाई बस्न योग्य बनाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने,‘अब गाउँ छाडेकालाई फर्काउने बेला भएको छ ।’


गाउँपालिकाले ५२ करोड २९ लाख बजेटको नीति तथा कार्यक्रममा सबै वडामा कालोपत्रे सडक पु¥याईसक्ने लक्ष्य लिंदै त्यसका लागि बजेट पनि विनियोजन गरेको छ । ‘धेरै वडामा कालोपत्रे सडक पुगिसकेको छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्,‘बाँकीमा यो वर्ष पु¥याउँछौं ।’


जिल्लाकै विकट तथा सडक पूर्वाधार कमजोर रहेको गाउँपालिकाले आफ्नै बजेटबाट आन्तरिक सडक कालोपत्रे अभियान थालेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी