म्याग्दे गाउँपालिकाकाे बजेट ६५ करोड ८२ लाख ६१ हजार

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाले अार्थिक बर्ष ०७८ / ०७९ काे लागि रू ६५ करोड ८२ लाख ६१ हजारकाे बजेट सार्वजनिक गरेको छ । बिहिवार अायाेजित गाउपालिकाकाे दसौं सभामा अध्यक्ष मायादेवी रानाले निति तथा कार्यक्रम र उपाध्यक्ष बालकृष्ण घिमिरेले अागामि अार्थिक बर्षका लागि बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेट मध्ये चालुतर्फ ३८ करोड ७ लाख ,१५ हजार र पुँजीगत तर्फ २७ करोड ७५ लाख ४६ हजार विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष घिमिरेले बताए । यस्तै अार्थिक विकास तर्फ रू ३ करोड १६ लाख , सामाजिक विकास तर्फ २६ करोड ६८ लाख ६६ हजार , वातावरण र विपत ब्यबस्थापन तर्फ रू ५० लाख , सुसासन तथा संस्थागत बिकास तर्फ ८ करोड २४ लाख ४१ हजार , पुर्वाधार बिकास तर्फ रू २२ करोड ७३ लाख ५४ हजार बिनियाेजन गरिएको उपाध्यक्ष घिमिरेले बताए ।

अपांग भइ क र ख बर्गमा रहेका ब्यक्ति हरूलाइ राज्यले सहयोग गर्दै अाएकाे भए पनि ग र घ बर्गमा रहेका हरू लाई केही ब्यवस्था नगरेको हुँदा गाउँलिकाले बार्षिक रूपमा अार्थिक सहयोग गर्ने भएको अध्यक्ष मायादेवी रानाले बताइन् ।

यस्तै एकल पुरूषलाइ पनि गाउँपालिकाले सहयोग गर्नेगरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष रानाले बताइन् । गाउँपालिकाले स्वास्थ्य , पुर्वाधार , खानेपानी , राेजगार , बाटो , पुलपुलेसा अादि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

यस्तै गाउपालिकाकाे प्रशासनिक भवन निर्माण , वडा कार्यलय भवन निर्माण , डम्पिङ साइड , कृषि तथा पशु क्षेत्रकाे अाधुनिकिकरण , पर्यटन पुर्वाधारकाे विकास र प्रवर्द्धन , सडक संरचना निर्माण , स्वराेजगारि सिर्जना , सहकारीको बिकास , खेलकुद क्षेत्रमा पुर्वाधार निर्माणमा बजेट बिनियाेजन गरिएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।

गाउँपालिकाले खरकाे छानालाइ बिस्थापित गरि टिनको छानाे हाल्नेगरि बजेट ल्याएको अध्यक्ष रानाले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी