
पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रेमा एक जनाको मृत्यु भएको हो । स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षीय वृद्धको शनिबार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए ।
भदौ २४ गते कोभिड १९ संक्रमित भई उपचारका लागि अस्पतालको आईसियुमा भर्ना भएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने उनी १० औ व्यक्ति हुन् । अहिले सम्म गण्डकी प्रदेशमा कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।