
दमौलीः कोरोना संक्रमणका कारण तनहुँमा पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । जिल्लामा ३५ जना संक्रमित थपिएका छन् ।
शुक्लागण्डकी ६ निवासी ६५ वर्षिय वृद्ध तथा शुक्लागण्डकी ११ का ६१ वर्षिय वृद्धको संक्रमणबाट ज्यान गएको निर्देशनालयको विज्ञप्तिमा छ ।
निर्देशनालयका अनुसार यस अवधिमा एक सय ८६ जनाको परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार हालसम्मकै न्यून बिन्दुमा झरेको कोरोना संक्रमण फेरि उकालो लागेको छ ।