आँबुखैरेनीको बजेट पौने ६२ करोड, कृषि क्षेत्र प्राथमिकता

  • ख-
  • ख+

आँबुखैरेनीः कृषिमा प्राथमिकताप्राप्त योजनासहित तनहुँको आँबुखैरेनी गाउँपालिकाले नीति तथा कार्यक्रम र ६१ करोड ७० लाख बजेट ल्याएको छ । गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले कृषि उत्पादन प्रवद्र्धनका लागि विभिन्न पकेट कार्यक्रमसहित कार्यक्रम घोषणा गरे ।


बाँझो जमिनमा खेती, किसानलाई बिमा तथा संकलन केन्द्रमार्फत किसानको उत्पादन सोझै बजार ल्याउने गरी गाउँपालिकाले कार्यक्रम घोषणा गरेको छ ।
गाउँपालिकाको चर्चित पर्यटकीय केन्द्र छिम्केश्वरीसम्म सडक पहुँच सहित मन्दिरको निर्माण कार्यलाई पूर्णता दिने घोषणा अध्यक्ष थापाले गरे ।


गाउँपालिकाले ८० कटेका ज्येष्ठ नागरिक तथा सुत्केरीलाई एम्बुलेन्स सुविधा दिने घोषणा पनि गरेको छ ।
गाउँपालिकास्तरीय रंगशालासहितका कार्यक्रम आँबुखैरेनीले घोषणा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी