ऋषिङको बजेट: सबै वडामा कालोपत्रे सडक पु¥याउने घोषणा

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले सबै वडामा पुग्ने गरी पक्की कालोपत्रे सडक बनाउने घोषणा गरेको छ । गाउँपालिकाले समग्र विकासका लागि भन्दै प्रस्तुत गरेको ५२ करोड २९ लाख ५३ हजार रुपैयाँको बजेटले यस कार्यलाई प्राथमिकता दिएको छ ।

अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष गिनुमाया थापाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ५२ करोड २९ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।


यस अघि विकटका रुपमा चिनिएको गाउँपालिकाले बजेटमार्फत सबै वडामा पुग्ने पक्की सडक निर्माणको महत्वाकांक्षी लक्ष्य लिएको हो । अहिले पनि गाउँपालिकाका धेरै वडामा कालोपत्रे सडक पुगिसकेको छ । अब पुग्न बाँकी वडामा पनि यसै आर्थिक वर्षमा कालोपत्रे लैजाने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।


गाउँपालिकाद्वारा नीति तथा कार्यक्रममा झापुटार ढाके् खोला पुल सम्म निर्माण सुरु भएको कालो पोत्रेलाई निरनतरता दिने उल्लेख छ । गाउँपालिकाले भिरकोट दुबुङ कालो पोत्रे सहित निरन्तर अगाडि बढाउने, ढुङ्गागाणे रुपटार कालो पोत्रे सुरुवात भएको काम निरन्तरता दिने तथा अ‍ैरी रामजाकोट बाटो पक्की सडक निर्माण गर्ने घोषणा गरेको छ ।


गाउँपालिकाले सुत्केरी पोषण भत्ता यसै बर्ष बाट सुरुवात गर्ने तथा संघ प्रदेश संग समन्वय गरेर यसै बर्ष सिंचाई पिपलटार रुपटार मधुबनटारमा कार्यक्रम अगाडि बढाउने बताएको छ ।
वडा नं छ पिपलटारमा औद्योगिक ग्रामलाई निरन्तरता दिने पनि गाउँपालिकाले बताएको छ ।

एक घर एक धारा
गाउँपालिकाले एक घर एक धारा खानेपानी आयोजनाको निरनतर अगाडि बढाउने बताएको छ । खानेपानीको समस्या भोगिरहेकामा विगतदेखि थालिएको अभियानअन्र्तगत अब हरेक घरमा एक धारा पु¥याइने लक्ष्य गाउँपालिकाको छ ।


गाउँपालिकाले उज्यालो ऋषिङ अन्तर्गत कतै छुटेका घरमा विद्युत विस्तार गर्ने, खर मुक्त कार्यक्रम कहि छुटेका घरलाई संबोधन गर्ने लक्ष्य लिएको छ ।
गाउँपालिकामा प्राविधिक विद्यालय यसै वर्ष संचालन गर्ने तथा ऋषिङ गाउँपालिका ले सुरुवात गरेको काम पुरा गर्ने लगायतका लक्ष्य लिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी