स्थानीय तहको बजेटः शुक्लाको नगरसभा स्थगित

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाको नगर सभाको बजेटसम्बन्धी काम स्थगित भएको छ । बजेट आउनु अघिल्लो दिन नै एक वडा सदस्यको निधन भएकाले नगर सभा बैठक बसेर शोक सभा पारित गर्दै बैठक स्थगित गरिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।


शुक्ला ६ का वडा सदस्य श्रीबहादुर थापाको कोरोना संक्रमणका कारण बुधबार निधन भएको थियो । उनको निधनका कारण शोक प्रस्ताव पारित गरेर सभा स्थगित भएको उनले बताए ।

बजेट र नीति कार्यक्रमको प्रति वितरण, एक अर्ब ६ करोड बजेट अनुमान
बजेट र नीति तथा कार्यक्रम प्रस्तुत नगरिए पनि नगर सभाका उपस्थितलाई नीति तथा कार्यक्रम र बजेट विवरण वितरण गरिएको छ ।

स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बनेका विधेयकसहित अन्य विधेयक पनि वितरण भएकाले अब बस्ने बैठकमा छलफल गरेर पारित गर्ने योजना नगरपालिकाको छ ।
असारको २२ गते तिर अर्को बैठक बस्ने प्रवक्ता कुमालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी