मृगौला फेल भएका कृष्णबहादुरलाई सहयोग

  • ख-
  • ख+

दमौलीः मृगौला फेल भएर उपचारका लागि आर्थिक श्रोतको खोजीमा रहेका व्यास १ तालघरेनिवासी ३४ वर्षिय कृष्णबहादुर गुरुङलाई नमूना टोल विकास संस्था व्यास ४ ले आर्थिक सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष सालिग्राम गिरीसहित सचिव रामकुमार श्रेष्ठ, कोषाध्यक्ष चिजकुमार श्रेष्ठसहितका पदाधिकारीहरुले गुरुङका दाजु खम्बसिंलाई १२ हजार ८० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

केही समययता मृगौला फेल भएर नयाँ प्रत्यारोपणको पर्खाइमा रहेका गुरुङले आर्थिक अभाव भएकाले आफ्नो उपचारमा सघाइदिन सुभेच्छुकसँग अपिल गरेका छन् ।

उनको उपचारमा सघाउन चाहनेले लक्ष्मी बैंक लिमिटेड दमौलीको खाता नम्बर ०३८२००१७९४८ मा रकम जम्मा गरिदिन सहयोग संकलन समितिले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी