एनआरएनए नेदरल्याण्ड्सः ‘नेतृत्व हाँक्न अब्बल उम्मेदवार मीम पूर्जा’

  • ख-
  • ख+

एम्स्टर्डमः सम्भावनाको भूमि नेदरल्याण्डमा कैयौं नेपाली आफ्नो भविष्य उज्यालो पार्ने अभियानमा छन् । अन्तभन्दा फरक समुन्नत युरोपेली देश नेदरल्याण्डमा नेपालीको हकहितका लागि कैयौं संंस्था सक्रिय छन् । तीमध्ये एनआरएनए नेदरल्याण्ड्लाई सबैको छाता संस्थाका रुपमा लिइन्छ ।


त्यही संस्थाको नेतृत्व चयन अहिले बहसको रुपमा आइरहेको छ । र, त्यसका आकांक्षीमध्ये बलियो उम्मेदवारका रुपमा मिम पूर्जा अग्रपंक्तिमा देखा परेका छन् ।
लामो समयदेखि नेदरल्याण्डमा सक्रिय पूर्जासँग त्यहाँको दुःखसँगै सम्भावनाको राम्रो जानकारी छ । थातथलो म्याग्दी छाडेर सम्भावनाको भूमिमा आएयता नेपाली समुदायको गाह्रोसाह्रो र अप्ठेरोमा सधैं अग्रपंक्तिमा हुने पूर्जा अरुलाई पछि पारेर भन्दा सबैको सहमतिमा नेतृत्वमा जाने सोचमा छन् ।


एक सार्वजनिक अपिल गर्दै उनले सबै पेशा, क्षेत्र र वर्गको प्रतिनिधित्व गराउनका लागि आफूले योजना बनाएको बताएका छन् । आफ्नो नेतृत्वलाई सहमति र विवादरहित बनाउने भन्दै उनले त्यसका लागि नेदरल्याण्डवासी सबैमा अपिलसमेत गरेका छन् ।


सहमति नभएका खण्डमा लोकतान्त्रिक विधि अपनाउनसमेत तयार रहेको उनले बताएका छन् । एनआरएनए आइसीसी संयोजक नारायण आचार्य यसपाली सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै त्यसका लागि मिम पुर्जा निर्विवाद रहेको तर्क गर्छन् । ‘उहाँको सबैलाई समेट्न सक्ने र मिलनसार छविले गर्दा उहाँको छातामुनि सबै अटाउन सक्नुहुन्छ,’ उनी भन्छन्,‘यसपालीको संकटपूर्ण अवस्थामा नेपाली समुदाय एकजुट भएर नेतृत्व छान्नु जरुरी छ । हामी त्यो बाटोमा लाग्दैछौं ।’


आफूलाई अगुवाहरुबाट नै समावेसी र सबल नेतृत्वका रुपमा अघि सर्न आग्रह भएकाले दौडमा उत्रन लागेको बताएका पुर्जाले अब सबैको साथले नै नेतृत्वमा पुग्ने आशा प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी