‘राजु खड्का दमौलीका सामाजिक अभियन्ता’

  • ख-
  • ख+

दमौलीः न्युमोनियाबाट निधन भएका राजयोग प्रशिक्षक तथा सकारात्मक सोचका अभियन्ता ब्रह्माकुमार राजु खड्काको योगदानलाई स्मरण गरिएको छ । उनको १५ औं पुण्यतिथिका अवसरमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सामाजिक उत्प्रेरकका रुपमा खड्काले काम गरेको स्मरण गरे ।


व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले खड्कालाई आध्यायत्मिकसँगै सामाजिक अभियन्ताका रुपमा स्मरण गरे । ‘दमौलीको बाल उद्यान, केन्द्रको भवनसहित यस क्षेत्रमा नैतिक शिक्षाको विस्तारमा पनि उहाँले उल्लेख्य योगदान गर्नुभएको छ,’ उनले भने ।
नेकपा एमाले माधव पक्षीय अध्यक्ष शंकरनारायण श्रेष्ठले सबैसँग मित्रवत व्यवहार गर्ने शैलीबाट सबैले सिक्नुपर्ने बताए ।


केन्द्रकी पश्चिम नेपाल निर्देशिका ब्रह्माकुमारी परणिताले आध्यायत्मिक प्रचार र उत्प्रेरणामा खड्काको योगदान रहेको स्मरण गरे ।


केन्द्र दमौली शाखाकी पूर्व प्रमुख तथा हाल पोखरा प्रमुख ब्रह्माकुमारी शोभा, केन्द्रका महासचिव शैलेष बराल, दमौली शाखा प्रमुख ब्रह्माकुमारी यमुना तथा दुलेगौंडा शाखा प्रमुख ब्रह्माकुमारी रश्मी, मित्र दिपेन्द्रराज शाही लगायतले आध्यायत्मिक जागरण, भौतिक तथा सामाजिक विकास र केन्द्रलाई आधुनिक प्रविधिसँग परिचित गराउनमा स्वर्गीय खड्काको योगदानको स्मरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी