तनहुँ कोरोना अपडेटः ४ जनामा मात्र संक्रमणले के संकेत गर्छ ?

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण अनुसार तनहुँमा चार जनामा मात्र कोभिड पोजिटिभ पुष्टि भएको छ ।

संक्रमितमा तीन महिला र एक पुरुष छन् । यो दोश्रो चरणको संक्रमणमा हालसम्मकै न्यून बिन्दु हो । मंगलबार दुई सय ३६ जनाको संक्रमण परीक्षणका क्रममा ७२ जनामा पोजिटिभ पुष्टि भएको थियो ।


परीक्षण घट्दा संक्रमण कम
तर बुधबार आएको नतिजाले निकै न्युन देखाएको छ । बुधबार ५० जनाको संक्रमण परीक्षण भएको थियो । संक्रमण दर निकै कम देखिए पनि परीक्षण नै कम भएकाले पनि नतिजा कम आएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।

पीसीआर जाँच्ने दर कम
पछिल्ला दिनहरुमा पीसीआर तथा एन्टिजेन परीक्षणमा गिरावट आएको स्वास्थ्य अधिकरीहरु बताउँछन् । ‘लक्षण देखिनेहरु धेरै होम आईसोलेसनमा बसेर उपचार गर्ने बढेका छन्,’ स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारी भन्छन्,‘यसले पनि परीक्षण गर्ने घटेका हुन सक्छन् ।’


अस्पतालमा भर्ना हुने अवस्थामा संकास्पदको परीक्षण हुने बाहेक स्थानीय तहहरुले केही दिनयता पीसीआर तथा एन्टिजेन परीक्षणका लागि नमूना संकलनमा समेत कमी ल्याएकाले संक्रमण दर निकै घटेको देखिएको जानकार बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी