गण्डकी प्रदेश मन्त्रीमण्डल विस्तारः परामर्शका लागि मुख्यमन्त्री राजधानीमा

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशको मन्त्रिपरिषद केही दिनभित्रै विस्तार गर्ने गरी मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले तयारी गरेका छन् । दलिय भागवण्डा टुंगो लागेको र मन्त्रालयका विषयमा करिब सहमति भैसककाले अब मुख्यमन्त्रीले विभाग तोक्ने र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।


जनता समाजवादी पार्टीले पाउने मन्त्रालयका विषयमा करिब सहमति बनेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनीनिकट श्रोतका अनुसार महत्वपूर्ण मन्त्रालयमा दावी गरेको सो पार्टीलाई उर्जा, सामाजिक विकास र कृषिमध्ये दुई दिने सहमति भएको छ ।


बाँकी मन्त्रालयको विषय टुंगिएको छ । अब कांग्रेसबाट दुई तथा माओवादी केन्द्रबाट दुई मन्त्रीसँगै जसपाका एक मन्त्रीको नाम लिएर मन्त्रिपरिषद विस्तारसँगै कार्यविभाजन गर्ने अन्तिम तयारी मुख्यमन्त्रीले गरेका छन् ।


कांग्रेस मन्त्रीको नामका लागि उच्च पार्टी नेतासँग परामर्श
मुख्यमन्त्री नेपाली काठमाडौं जानुको मुख्य उद्देश्य पार्टीको कोटामा परेका दुई मन्त्रीको नाम टुंग्याउनु रहेको उनीनिकटको भनाई छ । उनी मंगलबारै काठमाडौं गएका हुन् ।

दुई दिनसम्म राजधानी बस्ने उनले पार्टी सभापति र महामन्त्री डा. शशांक कोईरालासहित केही उच्च पार्टी नेतासँग परामर्श गरेर पार्टीका थप मन्त्रीको नाम टुंग्याएर फर्कने बताइन्छ ।

यसलगत्तै उनले प्रदेशका प्रमुख न्यायाधिवक्तासहित राजनैतिक सल्लाहकार, प्रेस सल्लाहकार आदिको टुंगो लगाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी