
दमौली: भानुका चार सशस्त्र र एक जनपदसहित तनहुँमा संक्रमितको संख्या शुक्रबार १४ पुगेको छ । भानुमा एकै साथ २० जनामा संक्रमण भएपछिको यो अर्को उच्च संक्रमण हो । भानुमा प्रहरी र सशस्त्रसँगै समुदायका समेत गरी ११ जनामा संक्रमण भेटिएको छ ।
सशस्त्र मनकामना गण भानुमा सरुवा भएर चितवनको भण्डाराबाट आएका सशस्त्र हुन् भने एक जनपद डुम्रेमा कार्यरत प्रहरी । भानुका बाँकी सबै समुदायका संक्रमित हुन् । उनीहरुको कन्ट्याक्ट ट्रेसका आधारमा संक्रमण भेटिएको थियो ।
यसैगरी थपिनेमा आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी र भीमाद नगरपालिकाका एक एक छन् । शुक्लागण्डकीकी संक्रमित ज्वरो आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जाँदा संक्रमण भेटिएको थियो ।