आँबुखैरेनीमा बजार अनुगमनः ३१ किलो खानै नहुने मासु नष्ट

  • ख-
  • ख+

आँबुखैरेनीः आँबुखैरेनीमा बजार अनुगमनका क्रममा खानै नहुने कुखुराको मासु बिक्री गर्न राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा गएको अनुगमन टोलीले कैयौं दिनदेखि डि फ्रिजमा राखेको अखाद्य मासु फेला पारेको हो ।


स्थानीय मनकामना फ्रेस हाउसमा गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा मासु भेटिएको हो । ‘गन्ध सुँघ्नै नसकिने अवस्थामा भेटियो,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘हामीले आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएका छौं ।’


अनुगमनका क्रममा मनकामना दाना पसलमा समेत अखाद्य ३४ किलो दाना भेटिएकाले नष्ट गरिएको छ । यसैगरी केही डिपार्टमेन्टल स्टोर्सका सामानको अनुसन्धानका लागि नमूना संकलन समेत गरिएको अनुगमनमा सहभागी पशु सेवा कार्यालय तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी