बुधबार तीन तहमा विद्युत नआउने

  • ख-
  • ख+

दमौलीः बुधबार व्यास नगरपालिका तथा ऋषिङ र म्याग्दे गाउँपालिकामा विद्युत सेवा नआउने भएको छ ।
दमौलीस्थित एक सय ३२ केभिएको फिडर मर्मतको कार्य चलिरहेकाले बुधबार विहान
साँढे ५ बजेदेखि साँढे ९ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणका तनहुँ वितरण केन्द्र प्रमुख सोवितबहादुर क्षेत्रीले बताए ।

प्राधिकरणका अनुसार दमौली सबस्टेशनमार्फत विद्युत आपूर्ति हुने दमौलीसहित, थर्पु, छाब्दी, सोती र तनहुँसुर फिडरमा प्रभाव पार्नेछ ।

मर्मतको काम अगावै सकिएमा त्यस अघि नै विद्युत आपूर्ति हुने पनि केन्द्र प्रमुख क्षेत्रीले सूचनामार्फत बताएका छन् ।
यस अघि नै गत मंगलबार मर्मतको तयारी गरिए पनि अविरल वर्षाका कारण मर्मत स्थगित गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी