हावाहुरी प्रभावितलाई ऋषिङको डेढ लाख सहयोग

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले हावाहुरीका कारण घरमा क्षति पुगेका २७ घर परिवारलाई डेढ लाख रुपैयाँ सहयोग गरेको छ ।

हावाहुरीका कारण छाना उडाएका तथा घर भत्किएका ती परिवारलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रकम सहयोग गरेका हुन् ।

गाउँपालिकाले कम प्रभावितलाई पाँच हजार, मध्यमलाई १३ हजार पाँच सय तथा बढी प्रभावितलाई १५ हजार रुपैयाँ राहत दिएको प्रवक्ता विजय दरैले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी