संक्रमितको घरमा म्याग्देकाे खाद्यान्न सहयोग

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाले दैनिक ज्यालादारी गरि घर खर्च चलाउने कोभिड १९ का संक्रमितको घरमै खाद्यान्न सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरि परिवार पाल्ने परिवार भित्र कोरोना लागेमा आफ्ना पालिकावासिको समस्या हेरि राहत वितरण गरिएको गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले बताइन् । पीडितको घरमै पुगि चामल , दाल , आलु , नुन , तेल लगायतका खाद्यान्न सामग्री दिने गरिएको रानाले बताइन् ।

अहिले कोरोना बजारबाट गाउँमा सरेको भन्ने पछिल्लो तथ्यांकले देखाएको छ , यस्तोमा गाउँमा बस्ने मानिसहरू सावधानीपूर्वक बस्नु पर्दछ रानाले सचेत गराउँदै भनिन् । अहिलेसम्म करिव ५० घर परिवारलाई खाद्यान्न राहत दिइएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । पालिका भित्रका कमजोर अवस्थामा रहेका र त्यस्तो परिवार भित्रका सदस्यहरूमा संक्रमित भएमा पालिकाले सहयोग गर्दै आएको घिमिरेले बताए ।

संक्रमित र संक्रमितको परिवारलाई सान्त्वना तथा हौसला सँगै राहत दिनको लागि घर घरमा पुगि भेट गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी