म्याग्दे ७ मा महिलाको पाठेघर क्यान्सरको परीक्षण

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने
गुणादीः
एम् एस् लेडिज कार्यक्रम अन्तरगत म्याग्दे गाउँपालिका वडा न ७ मा महिलाहरूको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने विधि भिआईए परीक्षण सम्पन्न गरिएको छ। शनिवार सम्पन्न परीक्षणमा जनचेतना आमासमूह म्याग्दे ७का महिलाहरूलाई लक्षित गरिएको थियो।


म्याग्दे गाउँपालिका हेर्ने परिवार नियोजन नेपाल परियोजनाकी कर्मचारी एमएस् लेडिज प्रगति खनाल सोतीको संयोजकत्वमामा उक्त परीक्षण सम्पन्न भएको हो।
एम्एस् लेडिज खनालले कोरोना कहरले धेरै कुरालाई अस्तव्यस्त पारेकाले महिलाको सुरक्षा र स्वास्थ्य झनै संवेदनशील भएकाले मागका आधारमा क्षेत्रमानै गएर स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षण कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको धारणा राखिन्।


कार्यक्रममा नर्स सञ्जना वाग्लेले महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरवारे स्पष्ट खुल्न र अनिवार्य रूपमा पटक पटक भिआईए चेक गरिरहन समेत सुझाएकी थिइन्।
म्याग्दे ७ स्थित जनचेतना आमासमूहका सदस्यहरूको भिआइए परीक्षण गरिएको थियो।परीक्षणमा स्वास्थ्य स्थिति नाजुक भएकालाई प्रविधियुक्त अस्पतालमा चाडैनै सम्पर्क गर्न समेत परीक्षणमा वताइएको जनचेतना आमा समूहकी अध्यक्ष सुमित्रा रेग्मीले जानकारी दिइन्।


एम् एस् लेडिज कार्यक्रमले परिवार नियोजन,महिला स्वास्थ्य ,सुरक्षित गर्भ पतन लगाएतका कामहरू क्षेत्रमा नै खटेर गर्दै आएको छ। यसले महिलाहरूलाई महिला स्वास्थ्य वारे जनचेतना समेत प्रभाह गरेकाले आफ्नै स्थानमा व्यवहारिक सुविधा मिलेको स्थानीय ग्रामीण महिलाहरू बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी