तनहुँ समाज जापानद्वारा तउवासंघको कोषमा लाख सहयोग

  • ख-
  • ख+

दमौली: काेभिड संकटका क्रममा खटिएका व्यक्तिहरूका लागि भन्दै तनहुँ समाज जापानले एक लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ ।
समाजले तनहुँ उद्योग वाणिज्य संघले स्थापना गरेको कोभिड संकट महा अभियानलाई सहयोग गरेको हो । शनिबार आयोजित कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रकम  संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरे ।


उनले जापान बसेर पनि जिल्लाका लागि सघाएको भन्दै समाजका संरक्षक राजेन्द्र जमरकट्टेल र समाजका सदस्यलाई आभार प्रकट गरे ।


समाजका संरक्षक राजेन्द्र जमरकट्टेलले विदेशमा भए पनि स्वदेशमा परेको संकटका क्रममा जापानमा रहेका तनहुङेमार्फत रकम संकलन गरिएको जानकारी दिए ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ र संघका जिल्ला अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सहयोगका लागि आभार प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी