ऋषिङमा विद्यालय खुले, नियमित पठनपाठनको तयारी

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले विद्यालय खुलाएको छ । गाउँपालिकाभर रहेका ४६ मध्ये अधिकांश खुलेको गाउँपालिकाका प्रशासकिय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए । ‘केही प्राविबाहेक बाँकीमा शिक्षकहरु जान थाल्नुभएको छ,’ उनले भने ।


गाउँपालिकाले अब नियमित पठनपाठनको तयारीस्वरुप विद्यालय खोल्ने निर्णय गरेको उनले बताए । ‘सरकारले पनि नयाँ निर्देशन जारी गर्न लागेकाले अब विद्यालयमा नियमित पठनपाठन हुने अवस्थाका लागि तयारी थालिएको छ,’ उनले भने ।


हाल खुलेका माविस्तरका केही विद्यालयमा कक्षा १० का विद्यार्थी आए पनि बाँकी कक्षाका हकमा सरकारको निर्देशनअनुसार जाने तयारी गाउँपालिकाको छ । ‘जोखिम कम हुने गरी वैकल्पिक वा अन्य विधिका लागि तयारी गर्न पनि विद्यालय खुला गरिएको छ,’ उनले भने ।

शुक्ला माविमा निरन्तर अनलाईन र टोल शिक्षा
अन्य विद्यालयहरु बल्ल खुल्न थाले पनि ऋषिङ १ झापुटारको शुक्ला माविले भने डेढ महिनायता निरन्तर अनलाईन कक्षा र अनलाईन शिक्षा सञ्चालन गरिरहेको छ । ‘हामीले कक्षा ६ देखि १० सम्म अनलाईन कक्षा चलाईरहेका छौं,’ विद्यालयका प्रधानाध्यापक केशर थापाले भने,‘साना कक्षाका लागि टोलमा गएर कक्षा सञ्चालन भैरहेको छ ।’

उनले कक्षामा विद्यार्थीको उपस्थिति राम्रो रहेको बताए । ‘कक्षामा विद्यार्थीको राम्रो उपस्थिति छ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी