बजेटपूर्व ऋषिङद्वारा विज्ञहरुसँगको परामर्शमा तीव्रता

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले आगामी बजेटको तयारी गर्दै गर्दा राय सुझाव लिन छलफललाई तीव्रता दिएको छ । गाउँपालिकाले विभिन्न क्षेत्रका विज्ञहरुसँग नयाँ बजेटका बारेमा छलफल गरिरहेको प्रवक्ता विजय दरैले जानकारी दिए ।

गाउँपालिकाले प्राप्त सुझावका आधारमा नै नयाँ आर्थिक वर्षको बजेट तयार पार्ने अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।


अध्यक्ष श्रेष्ठले उज्यालो ऋषिङ्ग, खरमुक्त घर ऋषिङ्ग, सहज आवागमन ऋषिङ्ग, ऋषिङ्ग एक घर एक धारा, सडक बत्तियुक्त ऋषिङ्ग लगायतका योजनाहरु निरन्तर संचालन हुनुपर्ने र आगामी दिनमा आउने जनप्रतिनिधिहरुको लागि सम्पन्न गर्न नसकेका कामको निरन्तरता दिने एउटा मार्ग कोरिएको बताए ।


गाउँपालिकाको सामाजिक उत्तरदायित्व अन्तरगत अध्ययन गर्ने युवा तथा विद्यार्थी , अपाङ्गता भएका नागरिक तथा ज्येष्ठ नागरिकका लागि एउटा छुट्टै प्याकेज सहितको कार्यक्रम सहितको बजेट बन्ने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी