तनहुँ कोरोना अपडेटः संक्रमणमा लगातार गिरावट, सय जाँच्दा २८ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोरोना संक्रमितको संख्यामा केही दिनयता लगातार गिरावट आइरहेको छ । बिहीबार १० जनालाई संक्रमण देखिएकामा शुक्रबार २८ जनामा संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यसरी संक्रमितमा १३ महिला र १५ पुरुष छन् । एक सयबाट पछिल्लो तीन दिनयता संक्रमितको संख्या निरन्तर गिरावट आएको देखिएको छ ।


यसबीचमा संक्रमित शुक्लागण्डकी ८ की ७० वर्षिया महिलाको कोरोनाका कारण निधन भएको निर्देशनालयको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्