मनाङबाट फर्के मुख्यमन्त्री, आज विश्वासको मत लिने

  • ख-
  • ख+

पोखराः मनाङका बाढीप्रभावितको उद्धार तथा आवश्यक व्यवस्था गर्न भन्दै चामे पुगेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पोखरा फर्किएका छन् ।


बाढी बिस्थापित लिएर उनी पोखरा फर्किएको उनको सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकमा पूर्वनिर्धारित योजना अनुसार मुख्यमन्त्री नेपालीले विश्वासको मत लिनेछन् । त्यसपश्चात मात्र प्रदेश मन्त्रिपरिषद विस्तार र कार्यविभाजन गर्ने नेपालीको तयारी छ ।

यस अघि बिहीबार उडे पनि मौसम खराब भएकाले उनीसवार सैनिक हेलिकोप्टर चामे फिर्ता भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी