
दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा १० जनामा मात्र कोभिड संक्रमण देखिएको छ । दैनिक एक सयको हाराहारीमा संक्रमित भेटिइरहँदा बिहिबार प्राप्त नतिजाले भने संक्रमणको साताभरकै कम बिन्दुमा पुर्याएको भेटिएको हो ।
रिपोर्टमा छ जना महिला तथा चार पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तर यस अवधिमा परीक्षण पनि कम भएकाले रिपोर्ट पनि कममा आएको देखिएको छ ।
तनहुँमा पछिल्लो २४ घण्टामा ५६ जनाको मात्र पीसीआर तथा एन्टिजेन परीक्षण भएको निर्देशनालयले जनाएको छ ।