मनाङ बाढीः प्रभावितको उद्धारका लागि सेनाको हेलिकोप्टर छाड्दै निजीमा फर्कने मुख्यमन्त्रीको तयारी

  • ख-
  • ख+

चामेः बाढी पहिरोका कारण डुबानमा परेका प्रभावितको उद्धारका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सेनाको हेलिकोप्टर छाडेर निजीमा फर्कने भएका छन् ।


पोखराबाट राहत सामग्री, त्रिपाललगायत सामग्री लिएर गएका मुख्यमन्त्रीले त्यहाँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा प्रहरीलगायत सुरक्षा निकायका अंगसँग आवश्यक जानकारी लिंदै उद्धारका लागि कुनै पनि कमी नराख्न निर्देशन दिएका थिए । यसैगरी प्रदेश सरकारका तर्फबाट खाद्यसामग्री समेत हेलिकोप्टरमा लगिएको छ ।


उनले प्रदेश सरकारले उद्धारमा सहयोग गर्न कसर नराख्ने भन्दै निर्धक्कका साथ काम गर्न प्रजिअ तथा सुरुक्षा निकायलाई निर्दैशन दिएका थिए ।


मुख्यमन्त्रीसँगै मनाङका सांसदहरु पनि नागरिकको अवस्थाबारे जानकारी लिन पुगेका छन् । मनाङकै प्रतिनिधि सभा सदस्य समेत अहिले मनाङ पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी