कोरोना संक्रमणः थर्पुका संक्रमितको पोखरामा निधन, ८७ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण म्याग्दे ४ थर्पुका एक युवकको ज्यान गएको छ । गत जेठ ३१ गते संक्रमण देखिएका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बुधबार निधन भएको पारिवारिक श्रोतले बताएको छ ।


उनको पारिवारिक परम्पराअनुसार सैनिक सहयोगमा अन्त्येष्टि गरिएको छ ।

संक्रमित ८७
तनहुँमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । यसरी संक्रमित हुनेमा ४५ महिला र ४२ पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो बुधबार थपिएका गण्डकी प्रदेशभरका संक्रमितमध्ये दोश्रो उच्च रेकर्ड हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी