मुख्य न्यायाधिवक्तामा कमलामोहनको चर्चा

  • ख-
  • ख+

दमौलीः नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सरकारले आफ्नो कानूनी सल्लाहकार मुख्य न्यायाधिवक्ता चयनको तयारी थालेको छ । कानुनी विषयमा मुख्यमन्त्री र सरकारको प्रमुख प्रतिरक्षक र परामर्शदाताको भूमिकामा रहने पदका लागि गण्डकीमा कांग्रेसनिकट कानून व्यवयासीको खोजी भैरहेको छ ।


यसैक्रममा डिएलएका केन्द्रीय उपाध्यक्ष एवं तनहुँका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेलाई पनि प्रस्ताव आएको बुझिएको छ । मुख्यमन्त्रीका तर्फबाट उनलाई मुख्य न्यायाधिवक्ताका रुपमा काम गर्न अफर आएको वाग्लेनिकट श्रोतले बताएको छ ।


यद्यपि यसबारे वाग्लेले निर्णय भने गरिसकेका छैनन् । पोखरा तथा म्याग्दीबाट समेत विभिन्न अधिवक्ताको नाम पार्टी च्यानलबाट आए पनि मुख्यमन्त्रीको टिमको रोजाईमा वाग्ले परेका छन् ।


दमौली न्युजसँगको कुराकानीमा वाग्लेले आफूलाई अफर आएको भन्दै यसबारे थप टिप्पणी नगर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी