गण्डकी सरकारःविश्वासको मतपछि मात्र मन्त्रिपरिषद विस्तार

  • ख-
  • ख+

पोखराः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सरकारले गण्डकी प्रदेश सभामा विश्वासको मत लिएर मात्र बजेटबारे छलफल थाल्ने भएको छ ।

प्रवक्ता कुमार खड्काका अनुसार बजेटमाथि छलफल अघि नै असार ४ गते प्रदेश सभामा विश्वासको मत लिने सरकारको तयारी छ ।


शनिबार संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएकाले ३० दिनभित्र सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएकाले तत्कालै विश्वासको मत लिएर अघि बढ्ने सरकारको तयारी देखिएको हो ।


कतिपयले सरकारको आयुबारे समेत आशंका गरिरहेका बेला नेपाली नेतृत्वको सरकारले शुरुमै विश्वसको मत लिएर त्यसपछि मात्र मन्त्रिपरिषद विस्तार गरे अघि बढ्ने योजना बनाएको निकट श्रोतको भनाई छ ।


हाल मुख्यमन्त्री नेपालीले पाँच सदस्यीय मन्त्रिपरिषदमा कुनै पनि मन्त्रीको कार्यविभाजन गरेका छैनन् । साथै, आफ्नो र गठबन्धनका सहयात्री दलबाट समेत मन्त्रीहरु थप्ने काम बजेटको छलफललगत्तै गर्ने तयारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी