२५ हजार घुस लिँदालिँदै कर्मचारी पक्राउ

  • ख-
  • ख+

पोखरा: सेवाग्राहीसँग घुस लिँदालिँदै पोखराबाट एक कर्मचारी लाई अख्तियारले पक्रेको छ । नेपाल खानेपानी संस्थान, पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा घुस मागेको सूचना पाए पछि घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्