तउवासंघको कोभिड अभियानमा अष्ट्रेलियाबासी तनहुँगेको दुई लाख सहयोग

  • ख-
  • ख+

दमौलीः अष्ट्रेलियावासी तनहुँगेले तनहुँ उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको कोभिड संकट व्यवस्थापन महाअभियानमा दुई लाख पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।


संघमा आयोजित कार्यक्रममा अष्ट्रेलियामा रहेका तनहुँगेको तर्फबाट नगर प्रमुख वैकुण्ठ न्यौपानेको उपस्थितीमा अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको प्रथम उपाध्यक्ष ईमकुमार मल्लले जानकारी दिए ।


कार्यक्रममा अष्ट्रेलियावासीको अभिभावकका रुपमा नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति रामनाथ भट्टराई, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष वृषराज श्रेष्ठ तथा संघका पूर्व अध्यक्ष शंकरलाल राजभण्डारीले चेक हस्तान्तरण गरेका थिए ।


कार्यक्रममा नगर प्रमुख न्यौपानेले सहयोगप्रति आभार प्रकट गरे । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले रकमको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउँदै व्यवसायीहरूलाई निःशुल्क खोप र स्वास्थ्य मापदण्ड अपनाई व्यवसाय सञ्चालन गर्नका लागि उचित वातावरण मिलाउन नगर प्रमुखलाई आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी