गण्डकी बजेटः दमौली अस्पताललाई ट्रमा सेन्टरदेखि शुनपा घारीमा औद्योगिक क्षेत्र विकासका कार्यक्रम (मुख्य योजनासहित)

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशको बजेटमा तनहुँमा केही ठूला विकासका योजना परेका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा तनहुँको शुनपा घारीमा औद्योगिक क्षेत्र विकास गर्ने कुरा प्राथमिकतामा परेको छ ।

बजेटले तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेटको व्यवस्था गरेको मुख्यमन्त्री नेपालीले बताए ।

भीमाद–डेढगाउँ र बुद्धसिं मार्गलाई प्राथमिकता
यस अघिको नीति तथा कार्यक्रममा समवोश भिमाद–डेढगाउँ–अरुणखोला सडक, शालिग्राम करिडोरका साथै बुद्धसिं मार्गको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको मुख्यमन्त्रीले बताए ।

६५ वर्ष माथिकालाई निःशुल्क, अरुलाई स्वास्थ्य बिमा
प्रदेश मातहतका अस्पतालहरूबाट ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य उपचार सुविधा दिइने बजेटमा छ । बजेटले प्रदेशका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न “स्वास्थ्य बीमाः सरकारको जिम्मा“ कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई ६ हजार भत्ता
बजेटमा स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदेश मातहतका जिल्ला स्वास्थ्य कार्यालय मार्फत वार्षिक रु. ६ हजार प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको मुख्यमन्त्रीले सम्बोधनमा उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी