गण्डकी प्रदेशः कस्तो आउला नयाँ बजेट ?

  • ख-
  • ख+

दमौलीः सत्ता सम्हालेर तयारी गर्न नपाउँदै बजेट ल्याउने तयारीमा लागेका गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बजेट ल्याउँदैछन् ।


दिउँसो चार बजे प्रदेश सभामा मुख्यमन्त्री नेपाली आफैंले बजेट प्रस्तुत गर्दैछन् । यस अघि सोमबार प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।


नीति तथा कार्यक्रममा प्रदेश सभामा छलफल भएर पारित भैसकेको छ । आर्थिक मामिला मन्त्रालयको कार्यविभाजन भै नसकेका कारण मुख्यमन्त्री नेपाली आफैं बजेट गर्ने तयारीमा लागेका हुन् ।

३२ अर्ब आकारको बजेट
यसपालीको बजेट करिब ३२ अर्ब आकारको रहने मुख्यमन्त्री सचिवालय श्रोतले बताएको छ । सरकारमा जाने निश्चित भएका कारण नेपालीले केही अगाडिदेखि नै आफ्नो टिममा यसबारे तयारी गरिरहेका थिए ।


योजना आयोग पूर्व उपाध्यक्ष जगदिशचन्द्रको साथ
यसपालीको बजेटमा मुख्यमन्त्री नेपालीलाई आफ्नै भाई राष्ट्रिय योजना आयोृगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलको विशेष साथ छ । उनी झण्डै तीन सातादेखि पोखरालाई आधार बनाएर बजेटसम्बन्धी तयारी र छलफलमा थिए । कांगे्रेस नेतृत्वको गठबन्धन सरकार आउने अनुमानका साथ योजनामा अनुभवी पोखरेलले यसपालीको प्रदेशको बजेट तयारीमा विशेष सघाएको बताइन्छ ।


योजना आयोगमा रहेर काम गरेको र विकासमा विशेष अनुभवी मानिने डा. जगदिशसँगै संविधान सभासद एवं राजनीतिज्ञ दाजु रामचन्द्र पोखरेलसहित पार्टी, गठबन्धन नेता तथा विकासका जानकारको पनि साथ छ ।


लोकप्रिय बजेट आउने संकेत
बजेटपूर्व पहिलो मन्त्रिपरिषद बैठकमार्फत महिलाका रोगहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेका मुख्यमन्त्रीले लगत्तै नीति तथा कार्यक्रममा कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई राहत तथा अग्र्रमोर्चामा खटिएकालाई प्रोत्साहनको व्यवस्था गरिसकेका छन् ।


यसका अलावा रणनैतिक महत्वका विकासे योजनालाई प्राथमिकतासँगै कोभिडमा संकटमा परेका व्यवसायीलाई जीवनरक्षा कर्जाको समेत घोषणा गरेकाले ती विषय पनि बजेटमा आउनेछन् ।
श्रोतमा गिरावट र बढ्दो खर्चको चुनौतीकाबीच कोभिड संकटसँगै विकासलाई अघि बढाउन मुख्यमन्त्रीले पहिल्याउने मार्गले नै भावी दिशानिर्देश गर्नेैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी