गण्डकीको नीति तथा कार्यक्रममा तनहुँः आदिकवि विश्वविद्यालयदेखि बुद्धसिं मार्ग निर्माण स्तरोन्नतिसम्म

  • ख-
  • ख+

दमौलीः यसपाली गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले तनहुँको विकासका विविध पाटोलाई प्राथमिकता दिएको छ ।


गण्डकी प्रदेश सभामा प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँमा केही ठूला योजना पनि सार्वजनिक भएका छन् । नीति तथा कार्यक्रमले शिक्षादेखि पूर्वाधार विकास र सडकका साथै उद्योग स्थापनासम्मको विषय समेटेको छ ।
कार्यक्रममा आदिकवि भानुभक्त बहुमुखी क्याम्पसलाई विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने विषयलाई प्राथमिकता दिएको छ ।


तनहुँमा वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रमले समेटेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वले अन्तिम समयमा तयार पारेको नीति तथा कार्यक्रमले तनहुँ बेलचौताराको जीपी कोईराला स्वासप्रश्वास केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने उल्लेख गरेको छ ।


क्षेत्रीय सडक प्राथमिकतामा
एक पालिका एक खेल मैदानलाई प्रदेश सरकारले नाराका रुपमा अघि सारेको छ ।
दमौलीबाट बुद्धसिंह मार्ग हुँदै त्रिवेणी जोड्ने सडक निर्माणको कार्य अगाडि बढाउने नीति लिएको सरकारले पृथ्वी राजमार्गको पोखरा मुग्लिन खण्डको स्तरवृद्धि गर्ने विषय पनि उठान गरेको छ । यसैगरी, डुम्रे बेसिसहर सडकलाई नेपाल सरकारसँगको सहकार्यमा स्तरोन्नतिको निरन्तरताको नीति गण्डकी सरकारले लिएको छ ।


प्रदेशको प्राथमिकतामा रहेका भीमाद–डेढगाउँ–अरुणखोला सडक, शालिग्राम करिडोरले पनि निरन्तरता पाउनेछन् ।मध्यपहाडी लोकमार्गको निर्माण हुन बाँकी खण्ड सम्पन्न गर्ने तथा कालिगण्डकी करिडोरको स्तरवृद्धि गर्ने कार्यक्रममा सहजीकरण गर्ने पनि नीति तथा कार्यक्रममा छ ।
हरेक वडामा पशु तथा कृषि प्राविधिक
हरेक वडामा पशु तथा कृषि प्राविधिक उपलब्ध गराउने लक्ष्य पनि सरकारले राखेको छ ।
यसैगरी, नीति तथा कार्यक्रममा बाढी पहिरो र डुबान व्यवस्थापनका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयलाई आवश्यकता अनुसार विस्तार गरिने उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी