अफिस हाजिर हुन घरबाट हिंडेका सैनिकको मोटरसाईकल दुर्घटनामा मृत्यु

  • ख-
  • ख+


दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिका  ७ मालेबगरमा भएको दुर्घटनामा  परी नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका २४ घर भै  झापाको ११ नम्बर बाहीनीमा कार्यरत  भटराई सवार ग.१४ प ७२०१ नं को मोटरसाइकललाई पोखरा तर्फ जाँदै गरेको   ना.७ ख ११६८ नं को कन्टेनरले  ठककर दिँदा  घाइते भएका उनको उपचारका क्रममा जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक  अरुण पौडेलले जानकारी दिए ।

उनी कार्यालयमा हाजिर हुनका लागि मोटरसाईकलबाट त्यसतर्फ जाँदै थिए । घटनामा संलग्न कन्टेनर चालक र सवारी नियन्त्रमा रहेको पौडेलले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी