मुख्यमन्त्री नेपालीले सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै

  • ख-
  • ख+

पोखराः नियुक्त भएकै दुई दिनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले
नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।


समयमै बजेट ल्याउनैपर्ने प्रावधानका कारण उनले आर्थिक मामिला मन्त्रीको टुंगो नलाग्दै आफैं बजेट प्रस्तुत गर्न लागेका हुन् । उनले सोमबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

यस अघि नै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले बजेटको सिद्धान्त ल्याएका कारण उनले निवर्तमान मुख्यमन्त्रीसँग पनि परामर्श गरेका छन् ।

पहिलो मन्त्रिपरिषद बैठकमार्फत महिलाको पाठेघर क्यान्सरसहितका रोगको निःशुल्क उपचार घोषणा गरेका मुख्यमन्त्री नेपालीसामू लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने दबाब छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी