दमौलीः महर्षि वेदव्यासको बहुप्रतिक्षित एक सय आठ फिट अग्लो मूर्ति निर्माणको काम अब औपचारिक रुपमा शुरु हुने भएको छ ।


व्यास नगरपालिका वडा नं ३ स्थित व्यास क्षेत्र शिव पाञ्चायन मन्दिर परिसरमा निर्माण हुन लागेको मूर्तिका लागि आईतबार व्यास नगरपालिकामा निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।
गौरी पार्वती, देव एण्ड सयर÷ऋषिशक्ति जेभीले पहिलो चरणमा ५ करोड ५० लाख ५५ हजार ६ सय ४० बराबरको काम गर्नेछ ।


कुल ७१ करोड २ लाख १० हजार ८ सय ८९ रुपैयाँमा मूर्ति बन्ने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।


नगरपालिकामा आयोजित हस्ताक्षर कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठको उपस्थितिमा उक्त सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सिग्देल र निर्माण व्यवसायीका तर्फबाट ऋषिराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेको नगरपालिकाले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 631 Viewed

प्रतिक्रिया दिनुहोस्