मुख्यमन्त्री नेपालीसहित मन्त्रीद्वारा सपथ

  • ख-
  • ख+

दमौली: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । राती करिब आठ बजे प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको सपथ लिए ।


यसैगरी, कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले मन्त्रीको सपथ लिएका छन् ।
हाल मुख्यमंत्री बाहेक कसैलाई पनि विभाग तोकिएको छैन।मुख्यमंत्री नेपालीले नै विभाग सम्हाल्ने गरी मन्त्रीहरुको सपथ गराइएको हो ।


प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार आफ्नो पार्टी कांग्रेससँगै माओवादी, जनमोर्चा, जनता समाजवादी तथा स्वतन्त्र सांसदको समर्थन पाएका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेपाली तनहुँमा जन्मिएका हुन् । उनी तनहुँका कांग्रेस हस्ती गोवर्धन शर्मा पोखरेलका पुत्र हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी