दीपक मनाङ्गे: राजीनामा कि बर्खास्त ?

  • ख-
  • ख+

पोखरा: गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे बिहीबार प्रदेश सभामा सरकारलाई विश्वासको मत दिने बेला अनुपस्थित भए ।
एकाएक शुक्रबार राती पोखराको एक रिसोर्टमा भेटिएका उनलाई बर्खास्त गरिएको भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पत्र सार्वजनिक भयो ।
तर सोही समयमा एकै मितिमा मनाङेले हस्ताक्षर गरेको पदबाट राजीनामा दिएको पत्र सार्वजनिक भयो ।


छिन छिनमा विकसित फरक घटनाक्रमले मनाङे पहिल्यै परिस्थितीका लागि तयार भएको देखिएको छ ।
विपक्षी गठबन्धनका मुख्यमंत्री उम्मेदवार कृष्णचन्द्र नेपालीलाई सघाउने वचन दिएका उनले बाटो सहज बनाउन राजीनामाको पत्र तयार पारेको उनी निकट श्रोत बताउँछ ।


सरकार जोगाउन साथ नदिने निश्चित देखिए पछि प्रदेश सांसद राजीव पहारीको अथक प्रयास का वावजुद मुख्यमंत्री गुरुङले बर्खास्ती को कदम चालेको उनी निकट श्रोत बताउँछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी