गण्डकी प्रदेश: ढल्यो पृथ्वीसुब्बा सरकार, बहुमत जुटाउन कांग्रेसलाई अवसर

  • ख-
  • ख+

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेको छ । प्रदेशसभाबाट विश्वासको मत लिन असफल भए पछि उनी पदमुक्त भएका छन् ।

प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ ।

वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका सुब्बाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानको पालना गर्न मत लिन मंगलबार प्रदेशसभामा पत्र दिएका थिए।

गुरुङ प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन् । मतदानमा जनमोर्चा सांसद कृष्ण थापा तटस्थ तथा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए ।
अब बहुमत लिएर मुख्यमंत्री दावी गर्न कांग्रेसले स्वतन्त्र सांसद मनाङेको साथ पाए सम्भव हुने जानकार बताउँछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी