संकट व्यवस्थापन कोषमा युकेवासी तनहुँङ्गेबाट आठ लाख

  • ख-
  • ख+

दमौली: युके बस्ने तनहुँवासीले तनहुँ उद्योग वाणिज्य संघ कोभिड संकट व्यवस्थापन महाअभियानमा आठ लाख आठ हजार छसय चालीस रुपैया सहयोग गरेका छन् । तनहुँ समाज युकेका तर्फबाट सहयोग बिहीबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।


समाजका तर्फबाट रेडक्रस कोटदरबार सभापति ईन्द्र आलेले व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेको रोहबरमा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई चेेक हस्तान्तरण गरे ।


समाजका अध्यक्ष  लेख गुरुङले जिलामा संकटको घडीमा बेलायतवासीका तर्फबाट सहयोग गरेको बताए । समाजसँगै समाजका सल्लाहकार देवी आले तथा अगुवा रन्जन मल्लको यस अभियानमा विशेष सहयोग रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी