कांग्रेस नेता मियाँको निधन

  • ख-
  • ख+

दमौली: तनहुँको उत्तरी क्षेत्रका मुस्लिम अगुवा एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि हाजी रफिक मियाँको निधन भएको छ ।
भानु १३ समजुर निवासी मियाँको आफ्नै निवासमा बिहीबार बिहान निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ।

एकाएक बिहान असहज महसुस गरेका मियालाई हृदयाघात भएको ठानिएको छ । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय मियाँ मुस्लिम आयोगका सदस्य समेत रहिसकेका छन् ।


समजुर क्षेत्रलाई आधार बनाएर राजनीति गरेका र मुस्लिम तथा अन्य समुदायमाझ समेत बलियो पकड़ भएका उनलाई कांग्रेसको त्यस क्षेत्रको खम्बा ठान्ने गरिन्थ्यो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी