रहेनन् राजयोग प्रशिक्षक खड्का

  • ख-
  • ख+

दमौली: दमौलीमा झण्डै डेढ दशक राजयोग तथा सकारात्मक चिन्तनको प्रशिक्षण दिँदै आएका प्रशिक्षक राजु खड्काको निधन भएको छ ।


झण्डै एक महिनादेखि न्युमोनिया जित्न संघर्षरत खड्का अन्तिम युद्धमा पराजित भएका छन् ।
कोरोना संक्रमण देखिएपछि शुरुमा घरमा उपचार गराउँदै आए पनि निको नभए पछि उनलाई पोखरा लागिएको थियो । संक्रमण निको भए पनि न्युमोनिया जटिल देखिए पछि उनलाई हेलिकोप्टरबाट ग्रान्डी अस्पतालमा लगिएको थियो ।


त्यहाँ झण्डै तीन सातादेखि उपचाररत खड्काको बुधबार निधन भएको ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यमुनाले जानकारी दिइन् ।
सकारात्मक चिन्तन, उत्प्रेरणा। लगायत विषयमा प्रशिक्षण दिँदै आएका खड्का केन्द्रका सचिव हुन् ।


आफ्नो प्राविधिक जीवन त्यागेर उनी आध्यात्मिक क्षेत्रको सेवाका लागि केन्द्रमा आवद्ध भएर सेवा गरिरहेका थिए।
उनको पार्थिव शरीरलाई सामाजिक दूरीसहित बिहीबार दमौलीमा अन्त्येष्टि गरिने केन्द्रले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी